एचवान एनवानबिरुद्ध चेतना फैलाउ

दमौली । जिल्ला समन्वय समिति तनहुँले प्रदेस नम्बर ४ का विभिन्न भागमा देखा परेको एचवान एनवानको संक्रमणसम्बन्धी समस्या समाधानका लागि जनचेतना फैलाउन जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले संक्रमणको जोखिममा परेको जिल्लामा आवश्यक काम थाल्न निर्देशन दिएको हो ।
समितिका प्रमुख शान्तिरमण वाग्लेको सभापतित्वमा बसेको बैठकले विगतमा जिविस र स्थानीय निकायले सञ्चालन गरेका महिला, जनजाति र दलितलक्षित कार्यक्रमलाई निरन्तरता दिन स्थानीय तहलाई अनुरोध गर्ने समेत निर्णय गरेको छ । विगतमा जनप्रतिनिधि रिक्त रहँदा जिविस तथा समन्वय समितिमा काम गर्ने कर्मचारीप्रति समेत समितिले आभार गरेको छ ।
यसैगरी गाउँपालिका र नगरपालिकाबीच सन्तुलन कायम गर्न उनीहरुले गरेका विकास कार्यको नियमित अनुगमन गर्नेसमेत समितिले निर्णय गरेको छ ।