प्रतिनिधिलाई योजनाबद्ध विकास अभिमुखीकरण

दमौली । व्यास नगरपालिकाका जनप्रतिनिधिहरुलाई  योजनाबद्ध विकास अवसर र चुनौती सम्बन्धी   अभिमुखीकरण सम्पन्न भएको छ । व्यास नगरपालिका नगर कार्यपालिकाकाको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डाक्टर जगदिशचन्द्र पोख्रेलले योजनाको सञ्चालनका चुनौतीको बारेमा अभिमुखीकरण गरे । स्थानीय तह विज्ञ  डा. शेषरमण न्यौपानेले स्थानीय तह सञ्चालन गर्दा अपनाउनुपर्ने उपायको बारेमा जानकारी दिए ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले नगरको विकासका लागि कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख उपप्रमुख नगर कार्यकारिणी सदस्य,  नगरपालिकाका वडा अध्यक्षहरु नगरपालिकाको विभिन्न शाखाका प्रमुख र उपप्रमुखहरुको सहभागीता थियो ।