चापाघाटमा चितुवा भेटियो

राजेन्द्र परियार
दमौली । व्यास नगरपालिका वडा ५ चापाघाटको कटुवा टोल भन्ने ठाउँमा चितुवा फेला परेको छ ।  स्थानीय श्रीप्रसाद थापाको कुखुराको खोरमा बिहान ३ बजे आएको करिब ६ बजे दमौलीबाट गएको जिल्ला वन कार्यालयको टोली र स्थानीय युवाको सक्रियतामा नियन्त्रणमा लिइएको थियो ।
चितुवालाई खोरमा हाली दमौली ल्याइएको सहायक वन अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । चितुवालाई दमौली आसपासका घनघोर जङ्गलमा लगेर छाडने जिल्ला वन अधिकृत अम्बिकाप्रसाद पौडेलले बताए ।