लागुऔषध कारोबारीबिरुद्ध मुद्दा

दमौली । तनहुँ प्रहरीले लागुऔषध कारोबार आरोपीलाई पक्राउ गरी अनुसन्धान थालेको छ । बन्दीपुर गाउँपालिका वडा नं.१ स्थायी घर भई हाल व्यास २ बस्दै आएका २४ वर्षका गणेश अधिकारीलाई गत शुक्रबार बन्दीपुर १ बेलभञ्ज्याङबाट ग ५ प ४३३७ नं. को मोटरसाईकलमा नुफिन, फेनरागन र डाईजेपाम १५ थानसहित बरामद गरेको प्रहरीले लागु औषध मुद्दा दर्ता गरेको छ । अधिकारीमाथि अनुसन्धानका लागि अदालतबाट म्याद लिएर अनुसन्धान थालेको प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।
अधिकारी यसअघि डुम्रेमा सन्तोष गुरुङबाट बरामद लागु औषध मुद्दाको कारोबारमा समेत संलग्न रहेको र अदालतकै आदेशमा ५० हजार धरौटीमा गत साउन १९ गते धरौटीमा छुटेको बताइएको छ ।