तनहुँ प्रशासन सतर्क

दमौली । तनहुँमा तत्काल बाढी पहिरोजस्ता विपत्तिको सम्भावना कम देखिए पनि सतर्क अवस्थामा रहेको प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्यले वर्षाका कारण बाढी र पहिरोको सम्भावित जोखिमको अवस्थाबारे सुक्ष्म अध्ययन भैरहे पनि आत्तिइहाल्नुपर्ने अवस्था नरहेको प्रतिक्रिया दिए । ‘हामीले नदीको बहावबारे नियमित रिपोर्ट लिइरहेका छौं,’ उनले भने,‘त्यस्तो आत्तिइहाल्नुपर्ने अवस्था छैन ।’ यद्यपि सम्भावित क्षतिलाई मध्यनजर गरेर सडक डिभिजन, जिल्ला समन्वय समिति लगायतको डोजर तथा सेना, सशस्त्र र प्रहरी बललाई ‘एलर्ट’ अवस्थामा राखिएको उनले बताए । 
पृथ्वी राजमार्गअन्र्तगतको ऐनापहरोमा सामान्य पहिरो र ढाबटारमा रुख ढलेर केहीबेर यातायात आगमन अवरुद्ध भए पनि अवरोध हटाइएको छ । 
जिल्लाको दक्षिणी घिरिङ तथा आसपासको श्रृंगपथका केही भागमा पहिरो खसे पनि नियमित वर्षा र बाटो खराब भएका कारण हटाउन सकिएको छैन । तर ती अवरोध हटाउन प्रयास गरिएको प्रजिअ शाक्यले बताए ।