क्षतिपुर्ति दिन कुनै कसर बाँकी नराख्न प्रधानमन्त्रीको निर्देशन

इटहरी । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढि पीडितको उद्दार र राहतमा सरकारले कुनै कसर बाँकी रहने नगरी काम गर्ने बताएका छन् । 
सोमबार बाढि प्रभावित पुर्वी र मध्य तराईका ९ जिल्लाको बवलकोन गरेर इटहरीको कृष्ण मन्दिरमा बाढि पीडितहरुसँग साक्षात्कार गर्दै प्रधानमन्त्री पीडितहरुको उद्दार र राहतमा निकै गम्भीर भएको भन्दै छिटै सबैसँग राहत र क्षतिपुर्ति रकम पुग्ने बताएका हुन् । 
‘बाढिले तराईमा गरेको यो निकै ठूलो मानविय र भौतिक क्षतिप्रति सरकार गम्भीर छ’ प्रधानमन्त्रीले बाढिबाट पीडितहरुलाई उद्दार गरेर राखेको कृष्णमन्दिरमा भने, ‘तपाईहरुलाई राहत दिलाउन  र क्षतिपुर्ति रकम छिट्टै हात हातमा सरकारले पु¥याउने छ ।’
प्रधानमन्त्रीले राहत सामग्री सरकारले यातयातमा कठिनाई भए स्थानीय वजारमा खदिर गरेर पनि वितरण गर्न सम्वन्धित निकायलाई निर्देशन दिईसकेको पनि बताए । ‘यातयात अवरोधले राहतको रकम ल्याउन कठिनाई भए हामीले स्थानीय बजारमै किन्ने व्यवस्था पनि गरेका छौ’ प्रधानमन्त्रीले भने, ‘सरकारले निर्णय गरेको दुई लाख क्षतिपुर्ति रकम केही दिनभित्रै तपाईहरुको हातमा आउने छ ।’
प्रधानमन्त्रीले सोमबारै इटहरिस्थित सेनाको पुर्वी पृतनामा पुर्वाञ्चल क्षेत्रका सबै सरकारी अधिकारीहरुलाई बोलाएर राहत, क्षतिपुर्ति र उद्दारमा कुनै कमकिमजोरी नआउने गरी काम गर्न पनि निर्देशन दिए । 
‘तपाईहरु अव बाढि पीडितलाई राहत कसरी दिने भन्नेमा केन्द्रीत हुनुहोस्’ प्रधानमन्त्रीले भने, ‘राहत वितरण र क्षतिपुर्तिमा कुनै कमजोरी भएको मैले सुन्न नपरोस् ।’ प्रधानमन्त्रीले बाढि प्रभावित बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराह, सुनसरी, मोरङ र झापाको अवलोकन गरेका थिए ।