जीवनका ३५ वर्ष फर्केर हेर्दा !!

–सन्तोष पौडेल 
बिश्वास नै लागि रहेको छैन कि म आज जिन्दगीको ३५ औ बसन्तमा प्रवेश गर्दै छु, आफैमा अनौठो अनुभूति प्रकट भइ रहेको छ यसबखत , यो मानेमा होइन कि मलाई उमेर का हिसाबले बुढो हुनुमा कुनै पश्चाताप लागि रहेको छ ! खाली यो सोच्दै छु की “ समय कति छिटो बित्यो अनि के मा बित्यो “!
२४ औ बसन्त को सुरुवाती दिन ताका हो पहिलो पटक मनमा अलिकति त्राश, थोरै उत्सुकता बोकेर आफु र आफ्नो भबिस्य सम्झदै नेपाल मा खादै आएको मास्टरी जागिर छोडेर म बैदेशिक रोजगारीमा प्रवेश गरेको, पछाडी फर्केर हेर्दा आज जीवनले धेरै परिबर्तन हरु झेली सकेछन ।
 व्यक्तिगत रुपमा म स्वयं आफै संग आभारी नै छु ती परिबर्तनहरु सकारात्मक नै रहे । त्यसो त मेरा जिन्दगीका पहिलो दुइ दशक विविध कारणले कस्टकर नै थिए तथापि मलाई त्यसमा आज कुनै गुनासो छैन  यो मानेमा कि ती वर्षहरुमा मैले जीवन र जगतका विषयमा, दुख र अभावका बिसयमा, बिबिध घर ब्यबहारका चुनौती र सामना का बिषयमा भोगाई का मध्यम बाट धेरै पाठ सिक्न सकें ।  सामान्यतः पछाडी फर्केर ३५ औ बसन्त को खुट्किलो चड्दै गर्दा जीवनप्रति सन्तोष छ ।  संतोसम् परम सुखम, यो अवसरका लागि म मेरा पिता माता प्रति धेरै आभारी छु, ति इस्ट मित्र साथी भाई, बन्धु बान्धवहरुलाई धन्यबाद भन्न चाहन्छु जसले हिजो आबश्यक परेका बेला बिबिध तरिकाले सहयोग गर्नु भयो साथ दिनु भयो, मेरो जीबन संगिनी जसले बिगत १२ बर्ष देखि हरेक पल मेरो साथ दिदै आएकी छिन् अनि छोरा छोरि जसले आज म स्वयंम लाइ एक पिता को भूमिका मा गर्व गर्न पाउने अवसर दिएका छन् ।
जीबनको यो पलमा ३५ बर्ष लाइ म निम्न उलेखित ३५ बुँदाहरुका मध्यम बाट आफ्ना भोगाई र अनुभवहरु सम्प्रेषित गर्न चाहन्छु । एउटा सामान्य जीबन बाँच्दै गरेको सामान्य मानिसको जीवनका भोगाई र गराई कसैलाई प्रेरणा पनि बन्न सक्लान् भन्ने मेरो बुझाई हो ।
१. जीवन एकदमै चुनौतीपूर्ण छ । जिन्दगीले तपाईसंग बिभिन्न अवस्थामा परिक्षा लिई रहन्छ , सामना गर्ने शक्तिको विकास गर्दै लानु आबश्यक छ ।
२. आफ्नो जिन्दगी कसै संग तुलना न गर्नुमा नै तपाइको भलो हुन्छ ।
३. दुख पछि सुख अबश्य आउछ तर तपाई आफ्नो मिहिनेत गर्न न छोड्नुस
४. कसै प्रति पनि प्रतिशोद को भावना राख्नु राम्रो होइन 
५. तपाई को परिवार भन्दा ठुलो कोइ पनि हुदैन, आफ्ना मान्छे सधै आफ्ना नै हुन्छन् ।
६. आफ्नो खुबीमा बिश्वास गर्नुस् । र आफु जे हुनु हुन्छ गर्ब गर्नुस् ।
७. ब्यबहारिक हुन् सिक्नुस, हरेक कुरा लाइ सामान्य रुपमा न लिनुहोस् 
८. समय मुल्याबन छ, सहि सदुपयोग गर्न सिक्नुस् ।
९. कुलत मा फस्नु होला, म कुन बाटोमा हिडी राको छु विचार पुर्याउनुस
१०. कमाउन थाल्नु भयो भने बचत पनि गर्न सुरु गर्नुस् ।
११. आफ्ना पिता माता नै जीवित भगवान हुन्, तपाई का कारण ले माता पिता लजित्त हुनु पर्ने अवस्था न आओस 
१२. शरीरलाई स्वास्थ राख्नुस, खानपान मा विचार पुर्याउनुस् ।
१३. नियमित ब्याम गर्ने बानी बसाल्नुस् ।
१४. धेरै सुन्ने कम बोल्ने गर्दा नै तपाई लाइ राम्रो हुन्छ ।
१५.  रिस नै तपाईको सबै भन्दा ठुलो शत्रु हो
१६. जहाँ आफ्नो इज्जत र सम्मान हुदैन त्यहा न जानु नै राम्रो हुन्छ 
१७. केहि कुराको निर्डय लिनु अगाडी आफ्नो मनलाई सोध्नुस 
१८. आफ्ना लागि आबश्यक र रहर के मा तपाई लागि रहनु भएको छ खर्च गर्दा विचार गर्नुस्, रहर भन्दा आबश्यकता ठुलो कुरो हो 
१९. चुनौती हरु आउछन् जीबन मा सामना गर्ने बानी बसाल्नुस 
२०. परिबर्तन ( व्यक्तिगत र पेशागत) समय अनुसार आबश्यक हो ।
२१. आफ्नो काम आफै गर्ने बानी बसाल्नुस् ।
२२. परिवारका लागि सकेको धेरै समय निकाल्नुस् । 
२३. आफ्नो घर छिमेक, गाउ टोलका सामाजिक कार्यहरुमा आफुलाई सहभागी गराउनुस् ।
२४. सबैसंग खुलेर बोल्न सक्ने बानीको विकास गर्नुस् ।
२५. आफु भन्दा ठुला लाइ आदर र सानालाई माया गर्नुस् ।
२६. सबै संग मित्रवत ब्यबहार गर्नुस 
२७. घाटी हेरी हाड निल्ने बानी बसाल्नुस् ।
२८. सकारात्मक सोचको विकास गर्नुस् , हरेक चिजमा खोट मात्र खोज्ने बानी त्यागी दिनुहोस् ।
२९. समय अनुकुल आफुलाई परिबर्तन गर्दै लैजानुस् ।
३०. आफ्नो काम प्रति सधै लगनशील र इमान्दारी पुर्बक लागि रहनुस् । 
३१. पड्ने बानी बसाल्नुस् ।
३२. सामाजिक संजाल को सहि सदुपयोग गर्नुस् ।
३३. सधै आफ्ना तर्क मात्र सहि भन्ने सोच राख्नु, आफु मात्र सहि अरु गलत भन्ने सोच हटाउनुस् । 
३४. अरुले के भन्लान भन्ने त्राश मन मा नराख्नुस् ।
३५. जिन्दगी अबशर हो, गुनासो काम गर्नुस र खुलेर रमेर बाच्नुस् ।