ओलीको सम्बोधनमा एमालेले शक्ति देखाउने

दमौली । नेकपा एमालेले भानुमा आगामी भाद्र २३ गते हुने पार्टी अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनमा शक्ति प्रदर्शन गर्ने भएको छ । स्थानीय तह निर्वाचनमा कांग्रेससँग झिनो मतले प्रमुख र उप प्रमुख हारेको एमालेले भानु क्षेत्रमा आसन्न प्रदेस तथा संघको निर्वाचनका क्रममा पकड आफ्नो पक्षमा पार्न सभा गर्न लागेको हो । यसका लागि पार्टीले जिल्लाभर संगठन परिचालन गरेको छ ।
एमाले व्यास नगर संगठन कमीटी संयोजक श्रीराम कार्कीको अध्यक्षतामा दमौलीमा बसेको बैठकले सभा सफल पार्न हरेक वडाबाट कार्यकर्ता र सवारी साधन परिचालन गर्ने निर्णय भएको एमाले व्यास ३ अध्यक्ष माधव अधिकारीले बताए ।
बैठकले एमाले नेतृ चन्द्रकला बरालको निधनमा शोक प्रस्ताव समेत पारित गरेको बताइएको छ ।