आँबुमा शव भेटियो

आँबुखैरेनी । आँबुखैरेनी गाउँपालिका –४ मुग्लिनपुल नजिकैको कच्ची सडकमा एक पुरुषको शव भेटिएको छ । पृथ्वी राजमार्गबाट करिब दुई सय मिटर भित्र अन्दाजी ३० वर्षका देखिने पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।
मृतकको  शवका साथमा २३ गतेको काँकडभित्ता देखि मुग्लिङ सम्मको ६२३२ नम्बरको बसको धनबबहादुर भण्डारी नाम लेखेको टिकट फेला परेको प्रहरीको भनाइ छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।