हराएका युवक मृत भेटिए

दमौली । दमौलीमा गत फागुन १९ गतेबाट सम्पर्कविहिन भएका एक युवक मृत भेटिएका छन् ।
म्याग्दे गाउँपालिका मनहरि घर भइ दमौली अनसन चौतारी अगाडि बस्दै २० वर्षका कृष्ण कायस्थ गत सोमबारबाट बेपत्ता भएका थिए । उनको खोजी गर्दै हिंडेका आफन्तले देवघाट गाउँपालिकास्थित त्रिशुली नदीको घुमाउने घाटनजिकै उनी मृत अवस्थामा भेटिएको बताइएको छ ।
प्रहरी निरीक्षक विजयराज पण्डितले घटनाका बारेमा अनुसन्धान भैरहेको बताए ।