दुर्घटनामा घाइते

दमौली । तनहुँ म्याग्दे गाउपालिका १ गुणादीस्थित पृथ्वी राजमार्गमा पोखराबाट दमौलीतर्फ आउँदै गरेको ना६ख ५४६४ नं.को बसले एक पैदलयात्रीलाई ठक्कर दिएको छ ।  ऋषिङ गाउँपालिका ७ बस्ने ४५ वर्षीय मधुमाया थापालाई ठक्कर दिंदा टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेको रत्नहरी अस्पताल दमौलीमा उपचार भईरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उता, गुणादीमै भएको अर्को सवारी दुर्घटनामा तीन जना घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आइरहेको ना ५ ख ५३६४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित हुँदा उनीहरु घाइते भएका हुन् । 
म्याग्दे ३ बस्ने ३१ वर्षिया सीता चुलारा घटनामा परी घाइते छन् । उनको पोखरामा उपचार भैरहेको छ । बाँकी घाइते भने उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ ।