सम्झनामा पुरुषोत्तम बा

–बाबुराम खनाल

‘हाम्रो विकासे बाटोका विचार र कार्यक्रमहरु धेरै आयातित छन्, पश्चिमी समाजबाट । पश्चिमबाट आयात गरिएको विचार र कार्यक्रमलाई हामीले विकासको मुल बाटो बनायौं । हाम्रो परिभाषाभित्र ठुलठुला शहर, ठूल–ठूला बाटा, शहरमा भव्य डिपार्टमेन्टल स्टोरहरुलाई पा¥यौं, जुन विकासको बाटोले प्रतिव्यक्ति आय बढाउने भन्दा पर सोच्न सकेन । आत्मनिर्भरताको साटो परनिर्भर भएर हामीले विलासिताको मार्ग खन्यौं, जसले गर्दा गाउँ र शहरबीच दूरी बढ्यो, राजधानी र मोफसलमाझ खाडल प¥यो । 
 
यो विकासको मूलधारले हाम्रो पर्यावरणीय यथार्थ र सांस्कृतिक विविधतालाई समेट्न सकेन । विकासले एउटै सांस्कृतिक चिन्तन भएका उत्पादन गर्न खोज्यो, जसले गर्दा सांस्कृतिक अप्ठ्यारो पनि भयो । सांस्कृतिक विविधताका सन्दर्भमा विकासलाई परिभाषित गर्न सकिएन ।’
 
–कान्तिपुर दैनिक, २०७३ जेठ १६
पुरुषोत्तम काफ्ले खासगरी कांग्रस नेता भन्दा बढी विकासवादी नेता हुनुहुन्थ्यो । विभिन्न संघसंस्थामा आबद्ध भएका कारणले नै यसलाई पुष्टि गर्छ । ७४ व्र्षको सक्रिय जीवन बाँचेर दिवंगत उहाँ तनहुँमा मात्र नभएर सहकारीको सवालमा केन्द्रीयस्तरको नेतामा स्थापित हुनुभएको पढ्न र सुन्न पाइएको छ ।बाल्यकाल सुखद् नभए पनि काफ्ले तनहुँको राजनीतिक र विकासवादी नेता बन्न सक्नु समग्र जिल्लावासीलाई गर्व लाग्ने विषय हो । 
 
सदरमुकाम दमौली र यसका आसपासमा आज जे जे उपलब्धी देखिन्छन्, त्यसमा पुरुषोत्तम काफ्लेको महत्वपूर्ण लगानी छ, भन्दा फरक नपर्ला ।
 
तनहुँ विगतदेखि नै कांग्रेसी गढको रुपमा चिनिएको र जानिएको ऐतिहासिक थलो हो । बीपी कोइरालाजस्ता महान् नेता लगायतले जन्माएर हुर्काएको पार्टी नेपाली कांग्रेसले धेरै पटकको परिवर्तनमा आफुलाई मियोमा राख्न सक्यो । यसो हुनुमा विचार र कार्यक्रम नै प्रमुख थिए ।
 
प्राचीन सभ्यता, मूल्यमान्यता एवं मौलिक इतिहास र विशिष्ट प्रकारको सामाजिक विविधता भएको हाम्रो मुलुक आज वैचारिक संकटबाट गुज्रिरहेको देखिन्छ । आयातमा टिकेको अर्थतन्त्र, विचारशून्यताले चलेको राजनीति र विकासे नीतिले जता लैजाने हो, हामी त्यतैतिर उन्मुख छौं । यो कारण नभएर परिणाम हो । वैचारिक शून्यता नै अहिलेको तीतो यथार्थ पनि हो । त्यसै कारणले आज सबैको मियो र जनताको प्रमुख आस्थाको केन्द्र बन्नुपर्ने कांग्रेस अर्काको एजेण्डामा हिंडिरहेको छ, भनिन्छ । जनपरिचालन गर्न नसक्ने राजनीति र अर्थतन्त्रमा कसैको पनि भविष्य छैन । हाम्रो विकास त सम्वृद्धि झल्कने समाजवादी अर्थतन्त्रबाट नै सम्भव छ । त्यो समाजवादी अर्थतन्त्रको प्राप्ति सहकारीताको माध्यमबाट हुन सक्छ । 
 
नेपाली कांग्रेसले बजार अर्थतन्त्र अँगाल्दा धनी र गरिबबीचको खाडल त बढेको छ नै राजधानी र मोफस, गाउँ र शहर बिच पनि खाडल बढेको छ र बढ्दैछ । पुरुषौत्तम काफ्लेको प्रमुख पहिचान सहकारी अभियन्ता हो । हाम्रो मुलुकमा राष्ट्रिय सहकारी संघको गठनमा उहाँको भूमिका विशेष खालको सह्यो । 
 
स्वरोजगारी सिर्जन ागर्ने र आत्मनिर्भर हुने बाटो नै सहकारी भएको हुँदा पर्यावरणीय सुरक्षा ग्रामीण अर्थतन्त्रको सबलीकरण सहकारी बाहेक अरु उपायाबट त्यति सहज देखिँदैन । अझ त्यसमा पनि सदस्य केन्द्रीयता आजको सहकारीको आवश्यकता हो । ग्रामीण्ढा क्षेत्रको वास्तविकता हामीले सोचेर अनुमान गरे भन्दा धेरै फरक भइसकेको छ । ग्रामीण महिलाको न्यून चेतनाको फाइदा धर्मनिरपेक्षताले लिइरहेको छ । सत्य, अर्थसत्य र असत्यको भेट छुट्याउने सामथ्र्य ग्रामीण महिलामा भर्नु अनिवार्य आवश्यकता भइसकेको छ ।
 
विविधतामा एकता र एकतामा विविधता भएको नेपाली संस्कृति जोगाउन पनि सहकारीबाटै सम्भव छ । प्रकुृति र संस्कृतिमा हामीभन्दा सम्पन्न  थोरै मुलुक मात्र छन् । यस्तो वर्तमान र सुन्दर इतिहास भएको देशमा परनिर्भरता बढ्दै जानु, जग्गा बाँझो हुने क्रम हरेक वर्ष बढ्नु र उत्पादनशील जनशक्ति राजधानी र शहरमा केन्द्रीकृत हुनु हाम्रा लागि ठूलो चिन्ताको विषय हो । विकास भनेको प्रतिव्यक्ति आयमा वृद्धि हुनु मात्र हो भनेर बुझ्नु हाम्रो ठूलो दुर्भाग्य हो ।
 
विकासको मुल बाटो हामीसँगै छ, हाम्रै प्राचीनता र पहिचानमा छ । पूवीय मूल्य र मान्यतामै छ । हाम्रै सहिष्णुता र सद्भावमै छ । केवल खाँचो छ, पुरुषोत्तम बाको जस्तो निष्ठा र क्रियाशिलताको अनुकरण र अनुशरण । केवल आवश्यकता छ, उहाँको जस्तै चौतर्फी व्यक्तित्व र अथक परिश्रमको । 
 
पुरुषोत्तम बा अब सम्झनामा हुनुहुन्छ । सहकारीका पिता बखानसिं गुरुङ जन्मेको जिल्लामा तनहुँका सहकारीका पिता स्वर्गीय पुरुषोत्तम काफ्लेप्रति शब्दश्रद्धा !