झडपमा संलग्नविरुद्ध सार्वजनिक अपराध मुद्दा

दमौली । व्यास नगरपालिका ५ पाटनमा स्थानीय युवाहरुमाथि आक्रमण गरेको आरोपमा तनहु प्रहरीले ऋषिङ १ झापुटारका १९ युवामाथि सार्वजनिक अपराध मुद्दा दर्ता गरेको छ । तनहुँ प्रशासनमा मुद्दामा अनुसन्धानका लागि १० दिनको म्याद लिइएको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताए । 
गत शनिबार राती एक युवा समूहले पाटनका केही युवामाथि आक्रमण गरेको थियो । घटनास्थलबाट केही खुकुरी प्रहरीले बरामद गरेको थियो । यसअघि पाटनकै युवा समूहले गरेको आक्रमणको प्रतिवाद सो समूहले गरेको बताइन्छ । घटनाबिरुद्ध घाइतेहरुले किटानी जाहेरी दिए पछि उनीहरुविरुद्ध मुद्द दर्ता गरिएको बताइएको छ । झडपका घटना बढ्दै जान थाले पछि प्रहरीले यस्ता घटनामा सामान्य भनसुनका आधारमा नछाड्ने नीति लिएको छ । आपराधिक घटनामा शून्य सहनशिलताअन्र्तगत मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक जोशीले बताए । 
पछिल्ला समय दमौली तथा आसपासका क्षेत्रमा युवाहरुबीच झडप तथा आक्रमणका श्रृंखला फेरि बढ्न थालेका छन् । खासगरी युवा समूहबीच हुने घटना बेला बेला हिंसात्मक समेत बन्ने गरेको छ । बिहिबारको घटनामा समयमै प्रहरी पुगेका कारण थप क्षति हुन नपाइएको बताइएको छ ।