नेपाली काँग्रेस नेतृको शोक सभा

भानु ।  नेपाल महिला संघ क्षेत्रीय सहसचिव भुवनेश्वरी पाण्डेको निधनको १३औं पूण्य तिथिमा नेपाली काँग्रेस तनहँुले शोक सभा सम्पन्न गरेको छ । स्वर्गीय आत्माप्रति श्रद्धाञ्जली प्रकट गर्दै महिला नेतृ पाण्डेको समाजसेवा महिला जागरण, शालीनता र पार्टी प्रतिको प्रगाढ आस्था रहेको सम्पूर्ण उपस्थित शोक सभाका अतिथि तथा आफन्तहरुले बताएका थिए । 
महिला संघ क्षेत्रीय सभापति वृन्दा रानाभाटको सभापतित्वमा सम्पन्न शोक सभामा पूर्व राज्यमन्त्री अमरराज कैनी, भानु नगरपालिकाका मेयर उदयराज गौली, महासमिति सदस्य आनन्दराज त्रिपाठी, जिल्ला सदस्य उत्तम लोहनी लगायतले शालीन भद्र नेतृ पाण्डेको निधनले नेपाली काँग्रेस तनहुँलाई क्षति पुगेको र उनको सम्मानको लागी उनको विचारलाई आत्मसात गरेर अनुयायीहरु हिड्नुपर्नेमा जोड दिएका छन् ।