१०८ फिट मूर्तिको छलफल

दमौली । व्यास नगरपालिकाले  व्यास पराशर क्षेत्रको विकास र महर्षि वेदव्यासको १०८ फिट अग्लो मूर्ति निमार्णको विषयमा सरोकारवालाहरुसंग अन्तक्रिया गरेको छ । अन्र्तक्रियामा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशी लगायत जनप्रतिनिधि सहभागि थिए । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले मूर्तिको कामका लागी परामर्श लिन छलफल  गरिएको बताए । कार्यक्रममा व्यासका अध्येता काशिनाथ न्योपानेले व्यासको मूर्ति बनाउन ढिलो गर्न नहुने बताए ।
कार्यक्रमममा व्यास पराशर क्षेत्र एकिकृत समन्वय समितिका सचिव धुवराज पण्डित , तनहँु उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष मंगलप्रसाद श्रेष्ठ, लगायतले कार्यक्रममा व्यास पराशर क्षेत्रको  विकासका बारेमा बोलेका थिए ।