शिक्षक कल्याणकारी कोषको काम शुरु

दमौली ।   तनहुँमा शिक्षकहरुका लागी शिक्षक स्थापित शिक्षक कल्याणकारी कोषमा रकम जम्मा गर्न थालिएको छ । सामुदायिक विद्यालयका सरकारी शिक्षकहरुको राहतका लागी स्थापित कोषमा केही विद्यालयहरुले रकम जम्मा गर्न थालेका छन् ।
शिक्षकका पेशागत संघ तथा संगठनको सहभागितामा स्थापित कोषको रकम जिल्ला शिक्षा कार्यालय समेतको सहभागितामा शिक्षकहरुका लागी आइपर्ने जोखिमपूर्ण अवस्थामा वितरण गर्ने प्रबन्ध मिलाइएको छ । 
शिक्षक संघ तनहुँका अध्यक्ष कमलभक्त पोख्रेलको विशेष सक्रियतामा नेपालमै पहिलो पटक यस्तो व्यवस्था शुरु गरिएको हो । कोषमा शिक्षा कार्यालयका प्रतिनिधि सहित शिक्षक संघ तथा संगठनका प्रतिनिधि सदस्य रहने व्यवस्था छ । कोष गठन सम्बन्धी व्यवस्था लागु गराउन जिल्ला शिक्षा समितिले अनुमति दिए पछि यो प्रावधान तनहुँमा लागु भएको हो । 
कोषमा साउन १ गते देखि दैनिक एक रुपैयाँका दरले जम्मा गरी शिक्षकहरुको जोखिमयुक्त रोगहरु भएमा तथा असामयिक मृत्यु भएमा एक जनालाई ५२ हजारका दरले प्रदान गरिने शिक्षक संघ अध्यक्ष पोख्रेलले जानकारी दिए । 
वार्षिक तीन सय ६५का दरले जम्मा गरिने सो रकम शिक्षक संघ तनहुँ अध्यक्ष कमलभक्त पाख्रेल, शिक्षक संगठन तनहुँका अध्यक्ष केशवराज घिमिरे सहायक जिल्ला अधिकारी सुर्यप्रसाद क्षेत्रीको संयुक्त खातामा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । सो रकम  राष्ट्रिय वाणिज्य बैंकको खाता नं. ३५२००००२०८०१  मा जम्मा गर्ने व्यवस्था मिलाइएको छ ।