जिल्ला स्तरिय युवा समुह गठन

दमौली । इन्सेकको आयोजनामा बुधबार जिल्ला स्तरिय युवा समुह गठन गरिएको छ । उच्च शिक्षा अध्ययन गर्दै गरेका युवाहरुलाई मानवअधिकारको सम्बद्र्धनमा सहयोगी भुमिका निर्वाह गर्न सक्ने बनाउन, किशोर किशोरीको स्वास्थ्य र उनीहरुको अधिकार प्रति सचेत बनाउन र नागरिक शिक्षा मतदाता शिक्षा लगायत अन्य कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले सो समुह गठन गरिएको हो ।
बुधबार दमौलीमा आयोजना गरिएको एक कार्यक्रममा युथ फर चिल्ड्रेनका सचिव एलोज श्रेष्ठको अध्यक्षतामा १३ सदस्यिय युवा समुह गठन गरिएको हो । समुहको उपाध्यक्षमा विधान रानाभाट, सचिवमा अनिसा क्षेत्री, कोषाध्यक्षमा नारयणी भण्डारी र सहसचिवमा होमबहादुर राना चयन भएका छन् ।
समुहको सदस्यहरुमा विजया श्रेष्ठ, पुजा दरै, आशिता श्रेष्ठ, सरस्वती मिश्र, सम्झना मिश्र, तुलसा  श्रेष्ठ, अश्मि दरै र टकमाया राना चयन भएका छन् । मानवअधिकार निगरानी समुह तनहँुका संयोजक रामलिला सुवर्णकारको अध्यक्षतामा आयोजित सो कार्यक्रममा राष्ट्रिय युवा महासंघ तनहँुका अध्यक्ष पवन पौडेल, पत्रकार महासंघ तनहँकी उपाध्यक्ष सोनी खनिया, युथफर चिल्ड्रेनका उपाध्यक्ष विधान रानाभाट लगायतले युवाहरुको भुमिकाको बारेमा मन्तव्य राखेका थिए ।
सो कार्यक्रममा इन्सेक जिल्ला सहजकर्ता प्रकाशचन्द्र भट्टराई युवा परिचालन मार्फत मानवअधिकारको सम्बद्र्धन र प्रबद्र्धनकोलागि सञ्चालन गरिने कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए ।