दमौलीमा कपल डिजे पार्टी

दमौली । महिलालक्षित डिजे पार्टीको सफलतापूर्वक सञ्चालनपछि दमौली इभेण्ट्सको आयोजनामा शुक्रबार दमौली डिजेमय हुने भएको छ । ‘वेलकम दशैं डिजे पार्टी’ नाम दिइएको इभेण्ट्स यसपल्ट कपल जोडीलक्षित छ । यसअघि महिलाका लागि मात्र लक्षित गर्दै डिजे पार्टी गरेको इभेण्ट्सले यसपल्ट भने जोडीलाई प्राथमिकता दिएर महिला तथा पुरुष दुवैका लागि खुला गरेको छ ।
उद्योग वाणिज्य संघको हलमा साँझ ५ बजेबाट शुरु हुने पार्टीमा डिजे एलएस र डिजे मिलनले चर्चित हिन्दी, अंग्रेजी तथा नेपाली गीत पस्कनेछन् । पार्टीका लागि आयोजकले दमौली मुख्य चोक तथा सम्पर्क कार्यालयमार्फत टिकट बिक्री गरिरहेको छ । भव्य उपस्थितीमा पार्टी गर्ने योजना रहेको इभेण्ट्सका सीईओ राजेन्द्र परियारले बताए । पार्टी यसअघिको भन्दा पनि भव्य बनाइने परियारले बताए ।