रेडक्रसको जिल्लास्तरीय समन्वय बैठक

दमौली । नेपाल रेडक्रस सोेसाइटी तनहुँ शाखाले भूकम्प प्रभावित समुदायहरुमा अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण र समावेशीकरणसम्बन्धी सरोकारवालाहरुको बैठक दमौलीमा सम्पन्न गरेको छ ।
बैठकको उद्घाटन गर्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले रेडक्रस तनहुँले गरेका सामुदायिक विकास र भूकम्पको समय र बाढी पहिरोको समयमा गरेको कार्यको प्रशंसा गरे । उनले अन्तर्राष्ट्रिय रेडक्रससँग समेत सहयोग जुटाउन सकेकोमा आभार व्यक्त गरेका थिए । पण्डितले महिला बालबालिका र अपाङ्ताका क्षेत्रमा जिल्ला समन्वय समितिले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सोसाइटीका कार्यवाहक अध्यक्ष डिल्लीराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रजिअ शिशिर पौडेल, सहायक जिशिअ सुर्यप्रसाद क्षेत्री, सहजकर्र्ता केन्द्रीय संयोजक पुजा कोइराला, रेडक्रस तनहुँका मन्त्री कृष्णहरि वाग्ले, उपमन्त्री हरिशरण पण्डित, एनजीओ नेटवर्क तनहुँका अध्यक्ष प्रताप गुरुङ, रिसेडका अध्यक्ष मदन पौडेल, ऋषिङ गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापा, कार्यक्रमका फोकल परशन  करुणा भट्टराई, शाखा विकास अधिकृत शिवकाजी पियालगायतले अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण र समावेशीकरणबारे भनाईहरु राखेका थिए ।