पोखरा ट्रेड मलको उपहार ११० लाई

पोखरा ।   पोखरा चिप्लेढुङ्गास्थित पोखरा ट्रेड मलले संचालन गरेको दशैतिहार उत्सव २०७४ नगद वर्षा कार्यक्रम अन्तरगत हाल सम्म ११० जना ग्राहकले उपहार जित्न सफल भएका छन् । मलको प्राङणमा गत आश्विन २० गते शुक्रबार संचालित साप्ताहिक उपहार छनौट कार्यक्रमको चौथो श्रृखला सम्म गरि ११० जना मलका ग्राहक लक्की ड्र मार्फत विजेता बनेका हुन् । मलले गत भदौ १५ गते देखि संचालनमा ल्याएको उक्त योजनामा ग्राहकले रु १ हजार भन्दा माथिको समान खरिद गर्दा निःशुल्क उपहार कुपनको व्यवस्था गरिएको छ । 
यो योजना कार्तिक १५ सम्म लागु हुनेछ । योजनाको अन्य सम्ममा साप्ताहिक र बम्पर उपहार गरि रु ५ लाख सम्मको नगद तथा सपिङ भौचर ग्राहकले जित्ने मलका प्रबन्ध निर्देशक माधवप्रसाद तिवारीले बताए ।