जनजाति सांस्कृतिक महोत्सव

दमौली ।   दमौलीमा कार्तिक ८ गते देखि १७ गते सम्म हुने दोश्रो आदिवासी जनजाति तनहुँ सांस्कृतीक महोत्सवका स्टल करिब सकिन लागेको आयोजकले जनाएको छ । आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजनामा बीपी वनवाटिका मैदानमा हुने महोत्सवका लागि तय दुई सय स्टलमध्ये अब केही मात्र बाँकी रहेको स्टल संयोजक कविराज श्रेष्ठले बताए । अधिकांश स्टल बुकिङ समयमै भएकाले काम गर्न समेत सहज भएको उनले बताए ।
भाषा तथा संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसाथ गर्न लागिएको महोत्सवलक्षित तयारीको कामसमेत तीव्र रुपमा अघि बढिरहेको मुल संयोजक दीर्घबहादुर दरैले बताए । आयोजकले महोत्सवको तयारी अन्र्तगत प्रचारप्रसार, सुरक्षा निकाय आमासमुह, युवा क्लबलगायतसँग अन्र्तक्रिया गरिरहेको छ । महोत्ससवका लागि गठित झण्डै ५० उप समितिले काम गरिरहेको रमाईलो मेला संयोजक कुमार गुरुङले बताए । 
महोत्सव आयोजक समितिकी नोमा थापाले आवश्यक तयारीका कामहरुले गति लिइरहेको बताइन् । महोत्सव आयोजक समितिकी सचिव बसुन्धरा घर्तीले सबै क्षेत्रबाट अपेक्षाकृत सहयोग मिलेकाले कामले गति पाइरहेको बताइन् । 
महोत्सवका क्रममा जातजातिका खाना, भेषभुषा, सांस्कृतिक ग्र्राम भ्रमणलगायतका गतिविधि हुने आयोजकको भनाई छ ।