नयाँ वर्ष नयाँ प्रतिज्ञा

– बुद्धि मल्ल
महान वैज्ञानिक अल्बर्ट आईन्सटिनले भनेका छन्ः“हिंजोबाट सिक, आजको लागि बाँच र भोलीमा आश गर ।” बेलायतका लेखक तथा कवि टि.एस. ईलिअट भनेका छन् ः“गएको वर्षको शब्द गएको बर्षकै भाषा थियो, अर्काे वर्षले अर्कै भाषा प्रतिक्षा गर्दछ ।”  अमेरीकी फूटबलर विलियम थोमसले भनेका छन्ः “यदि मसंग दुःख वा पश्चाताप छैन भने नयाँ वर्ष पनि हुंदैन ।”
 
वास्तवमा मानव जीवनमा नयाँ वर्षको निकै महत्व हुन्छ तर, अधिकांश मानिसहरु यसको बास्तविक महत्वलाई नै बुझ्न सकेका हुंँदैनन् । नयाँ वर्षमा साथीभाई, ईष्टमित्र तथा शुभेच्छकहरुलाई खुशी, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरिन्छ । कोहि मन्दिरमा गएर यस्तै प्रकारका खुशियाली, दुःख वा परिस्थितीको सामना गर्न  शक्ति माग्छन् । परिवार तथा साथीभाईलाई, ईष्टमित्रलाई खुशी, सुखी राख्न सकुं भनि कामना गर्छन् वा आफूले गरेको कुनै गल्ती भए माफ गरिदिन अनुरोध गर्छन् ।
 
प्रायः कुनै पनि व्यक्तिले शुभकामना दिँदा वा आशिर्वाद लिँदा ठुलो घर प्राप्त होस्, लाखौं करोडौं धन प्राप्त होस् , ठुलो चिट्टा परोस् भनेर शुभकामना दिने वा लिने गर्दैनन् । घर, नगद, पदोन्नती, मुनाफा जस्ता चिजहरु परिणामहरु हुन् जुन चिजहरु नयाँ बर्षमा शुभकामना दिईदैन । किन भने परिणाम भनेको शुभकामनाबाट प्राप्त गरिदैनन् । परिणाम प्राप्त गर्नको लागि मानिसले मेहनत गर्नुपर्छ ।
 
नयाँ वर्षलाई हर्षाेउल्लासका साथ स्वागत गर्नु पछाडीको उद्देश्य हो कि, अघिल्लो वर्ष जे जसरी बिते पनि, यो वर्षमा म संधै खुशीका साथ बिताउनेछु । यो वर्ष म त्यस्तो कुनै कार्य गर्ने छैन कि, जसले गर्दा म दुःखी हुन परोस् । अल्बर्ट आईन्सटिनले “हिंजोबाट सिक, आजको लागि बाँच र भोलीमा आश गर”भनेझैँ हिजोको अनुभव तथा गल्तिबाट सिकेर आज हाँस्छु, आफू रमाउँछु र अरुलाई पनि रमाउन मद्दत गर्छु  र भोलीको लागि ज्ञान, सीप, मान, प्रतिष्ठा आदि कमांउछु अनि धन पनि कमाउछुु भन्ने सन्देशलाई मनन् गर्नुपर्छ ।
 
टि.एस. ईलिअटले भने अनुसार गएको वर्षको शब्द गएको वर्षकै भाषा थियो, अर्काे वर्षले अर्कै भाषा प्रतिक्षा गर्दछ भनेझँै हामीले यस वर्ष सफलता प्राप्त गर्नुछ भने नयाँ सीप तथा ज्ञान हासिल गर्नुपर्छ । अघिल्लो वर्ष सिकेको ज्ञान तथा सीपले यो वर्ष पनि चाहेको सफलता हासिल गर्न सकिँदैन । नयाँ वर्षमा नयाँ थप ज्ञान तथा सीपहरु हासिल गर्ने तर्फ ध्यान दिनु जरुरी हुन्छ त्यसैकारण गर्दा संसारका ख्याति प्राप्त विद्वानहरुले एक पछि अर्काे नयाँ–नयाँ ज्ञान तथा सीपहरु हासिल गर्नका लागि तल्लिन रहन्छन् । 
 
विलियम थोमसले भनेका छन्“यदि मसँग दुःख वा पश्चाताप छैन भने नयाँ बर्ष पनि हुँदैन ।” विलियम थोमसले आफ्नो भनाईमा मानिसहरुलाई जिन्दगीलाई सुन्दर रुपमा ग्रहण गर्न र लक्ष्य प्राप्ति गर्नको लागि कहिल्यै हार नमान्न सुझाएका छन् । उनले दुख वा पश्चातापलाई जिन्दगीको एउटा सुन्दर उपहारको रुपमा लिएका छन् । नयाँ वर्षलाई दुख वा पश्चातापलाई सुधार गर्ने एउटा सुवर्ण अवसर मानेका छन् ।
 
ब्लुमबर्ग न्यूजका सिईओ तथा संस्थापक माईकल ब्लुमबर्गले २०१७ सालमा लागि हर परिस्थितीको सामना गर्ने, आफ्नो सीप, कला तथा ज्ञानलाई निरन्तर निखार्दै लैजाने बताएका थिए । उनका अनुसार कुनै पनि प्रकारका सीप, कला तथा ज्ञानले जिन्दगीमा कुनै नै कुनै बखत फाइदा दिन्छ ।
 
फेसबुकका संस्थापक मार्क जुकरबर्गले २०१७मा धेरै भन्दा धेरै व्यक्तिहरुसंग सम्पर्क गर्ने, उनीहरुको कसरी जीवन बिताई राखेका छन्, काम गरिराखेका छन् र भविष्यको बारेमा कसरी सोचिराखेका छन् भन्ने सम्बन्धमा जानकारी लिने योजना बनाएको बताएका छन् ।
 
अमेरिकामा ४५ प्रतिशत मानिसहरुले नयाँ वर्षमा विभिन्न प्रकारका प्रतिज्ञाहरु गर्छन् जसमध्ये ८ प्रतिशतले आफ्ना प्रतिज्ञा वर्ष समाप्त हुनु भन्दा पहिला पूरा गर्छन भने ५० प्रतिशतले ६ हप्ताभित्रमा नै प्रतिज्ञा तोड्छन् । एक अध्ययन अनुसार अमेरिकीहरुले २०१७मा निम्न बमोजिमको कार्यहरुलाई प्राथमिकता दिएका थिए । १. वजन घटाउने २. आफूलाई व्यवस्थित बनाउने ३. मितव्ययिता अपनाउने र बढि बचत गर्ने ४. जिन्दगीमा भरपूर आनन्द लिने र पूर्ण जिवन बिताउने ५. फिट र स्वस्थ रहने ६. नयाँ–नयाँ ज्ञान हासिल गर्ने ७. धुम्रपान छोड्ने ८. अन्यको सपना पूरा गर्न सहयोग गर्ने ९. प्रेममा पर्ने र १०. परिवारसँग अधिक समय बिताउने ।
 
देश परिस्थिती, भूगोल, संस्कृती, धर्म अनुसार नयाँ वर्षमा मानिसहरुले गर्ने प्रतिज्ञा फरक हुन सक्छन् तर, प्रतिज्ञा जस्तो सुकै भएपनि प्रतिज्ञा पूरा गरेको उक्त व्यक्तिलाई सकारात्मक लाभ हुन्छ । कुनै पनि कार्यको थालनी गर्नु भनेको सो कार्य आधा सकिनु बराबर हो तर, यो थाहा हुँदा हुँदा पनि हामीहरुलाई थालनी गर्नको लागि नै कठिन लाग्छ । कार्य पूरा गर्नको लागि हामीलाई धैर्यको आवश्यकत्ता पर्छ । धर्य गर्ने बानी बसाल्नुपर्छ । कुनै पनि व्यक्ति १ कक्षाबाट २ कक्षामा जानको लागि १ बर्ष पढ्नुपर्छ, १ बर्ष धैर्य गर्नुपर्छ भने हामीले आफ्नो जिन्दगीमा तय गरिएको लक्ष्य प्राप्ति एकै छिनमा हुंदैन भन्ने हामीले हेक्का राख्नुपर्छ ।
दशरथ माझीको जीवनीमा आधारित रहेर सन् २०१५मा बनेको नवाजुद्धिन सिद्धिकीद्वारा अभिनित बलिउड चलचित्र माझी–द माउन्टेन म्यानमा माझी बनेको सिद्धिकीले भन्छन् भगवानको भरोसामा नबस्नु, के भर भगवान हाम्रो भरमा बस्नुभएको छ कि ! चलचित्रले हामीलाई कुनै पनि कामको नतिजाको लागि हामी आफैले काम गर्नु जरुरी छ भन्ने सन्देश दिएको छ । भगवानको जति भक्ति तथा प्रार्थना गरे पनि लक्ष्य प्राप्तिको लागि हामी दत्तचित्त भएर नलागेमा सफलता हासिल गर्न सकिंदैन ।
 
प्रतिज्ञा कस्तो हुनुपर्छ भन्ने यो चलचित्रमा दशरथ माझीको प्रतिज्ञा एउटा राम्रो उदाहरण रहेको छ । माझीले एक्लैले भारतको बिहार राज्यको गया नजिक गेहलउर गाउँमा केवल घन र गैतीको सहायताले २२ बर्ष लगाएर ३६० फिट लामो २५ फिट गहिरो र ३० फिट चौडा सडक बनाएका थिए ।
 
वास्तवमा नयाँ वर्ष बाटो बिराएकोलाई सहि बाटोमा हिँड्न सिकाउने र पहिल्यण्ै नै सहि बाटोमा हिंडिराखेकोहरुलाई थप विश्वस्त भई अझ राम्रो गतिमा हिँड्न सिकाउने दिन हो । यदि हामीले नयाँ वर्ष एकदमै हर्षाेउल्लासको साथ मनाएर स्वागत ग¥यौ तर, अन्य ३६४ दिन पहिलाको जस्तै वायथा स्थितिमा बिताउन थाल्यौं भने नयाँ बर्षको स्वागत अर्थहिन हुन्छ । हरेक दिनकुनै पनि गलत कार्य गर्नुपूर्व नयाँ वर्षलाई स्वागत गर्दा खाएको कसम वा प्रतिज्ञालाई सम्झनुपर्छ । नयाँ वर्षमा म फरक ढंगले अघि बढ्नेछु, नयाँ तरिकाले सोच्नेछु, नयाँ तरिकाले कार्य गर्नेछु, ३६५ दिन नै खुशीका साथ बिताउने छु, खराब बानी, खराब आचरण त्याग्नेछु, सबैलाई सम्मान गरेर आफूले पनि सम्मान प्राप्त गर्नेछु, असफलतासँग डराउने छैन, लक्ष्य प्राप्तिको लागि आवश्यक नयाँ–नयाँ ज्ञान तथा सीपहरु हासिल गर्नको लागि कहिल्यै कन्जुस्यांई गर्ने छैन आदि जे जस्ता कसम वा प्रतिज्ञाहरु गरिएका थिए, सबैलाई आफूले देख्ने गरि भित्तामा लेखेर राखेमा सो को कार्यान्वयन गर्न सजिलो हुन्छ ।
 
व्यक्तिले आफ्नो सामथ्र्य अनुसारको कसम वा प्रतिज्ञा गर्नुपर्छ र पूरा गर्न सकिनो खालको यथार्थवादी हुनुपर्छ । नयाँ वर्षमा हामीले एकदमै ठुलै प्रतिज्ञा गर्नुपर्छ भन्ने छैन । सानै भएपनि, जे प्रतिज्ञा लिन्छौं, त्यसलाई शत प्रतिशत पूरा गर्ने पूर्ण योजना बनाएर अगाडी बढ्न सक्यौं भने पनि जीवनमा उल्लेखनिय परिवर्तन ल्याउन मद्दत गर्न सक्छ । दशरथ माझी जस्तै आफ्नो प्रतिज्ञामा प्रतिबद्ध रहौं । नयाँ वर्ष २०७४मा यहांहरुको गर्नुभएको कसम वा प्रतिज्ञा पूरा होस, यहाँहरुलाई धर्य धारण गर्ने क्षमताको विकास होस्, सकरात्मक सोंच, मेहनत, ज्ञान तथा शिपको भोकले कहिल्यै पनि साथ नछोडोस् । नयाँ बर्ष २०७४को अवसरमा यहाँहरुलाई सुख, खुशी, समृद्धि तथा सफलताको शुभकामना । नयाँ वर्ष शुभ रहोस शुभकामना । शुभकामना ।
 
(लेखक मल्ल ओम डेभलपमेन्ट बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत हुन् ।)