विकास का एजेण्डासहित भट्टराई घरदैलोमा

दमौली ।  विकासका एजेण्डासहित नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ प्रतिनिधि सभा १ अन्र्तगत प्रदेस सभा क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराई आफ्नो क्षेत्रका गाउँ वस्तीमा सक्रिय छन् । आफ्नो चुनाव एजेण्डा सुनाउन गाउँ हिंडेका भट्टराई गाउँ पुग्दा पानीको अभावमा सास्ती खेपिरहेका रुपाकोट राम्चेका महिलाले दुःखको मेलो बिसाइहाले । ‘तपाइंले धेरै ठाउँमा पानी पु¥याइसक्नुभयो,’ भट्टराईलाई भेट्न मेलो सारेर आएकी एक स्थानीय महिलाले भनिन्,‘अब हाम्रो दुःख पनि हटाइदिनुप¥यो ।’ उम्मेदवार भट्टराईले स्थानीयबाट समस्याको जानकारी लिए पछि पानीको व्यवस्था गरिदिने वचन दिए ।
जहाँ जहाँ चुनावी अभियान लिएर पुगे पनि भट्टराईका सामु विकासकै कुराले छाड्दैन । उनले रुपाकोट देखि चोक चिसापानी हुँदै सेपाबगैंचासम्म गरेको घरदैलोमा अधिकांशले विकासका समस्या सुनाउँदै भट्टराईकै नेतृत्वमा त्यो समाधान हुने आशा पनि व्यक्त गरे ।
आफ्नो कार्यकालमा क्षेत्रभित्रका कुनै पनि बस्तीमा पानीको अभाव हुन नदिने बाचा गरेर मतदातामाझ उत्रिएका उनले यसअघि पनि विभिन्न विकट बस्तीहरुमा खानेपानी पु¥याएर मन जितिसकेका छन् । विगतका काम अनि भावी थप विकासे योजनाका साथ मतदातामाझ उत्रिएका भट्टराई आफूलाई मतदाताले मत दिने विश्वासका साथ घरदैलोमा हिंडिरहेका छन् ।