तनहुँमा लागूऔषधको अवस्था डरलाग्दो

प्रकृति न्यौपाने
दमौली । तनहुँमा दुई हजार बढी लागूऔषधका प्रयोकर्ता रहेको खुलेको छ । लागूपदार्थमा लागेका युवाको सुरक्षित स्वास्थ्यका क्षेत्रमा क्रियाशिल एक गैरसरकारी संस्थाले दमौलीमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
कम्युनिटी सपोर्ट ग्रुपले गरेको लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी सरोकावालाबीचको अन्र्तक्रिया कार्यक्रममा प्रस्तुत तथ्यांकले तनहुँमा ६ वर्षको अवधिमा लागूऔषधका प्रयोगकर्ता उल्लेख्य बढेको देखाएको छ । झण्डै ६ सयको संख्याका प्रयोगकर्ता यसबीचमा थपिएको पाइएको छ । लागूपदार्थ प्रयोगकर्ताहरुमध्ये सुईका माध्यमबाट प्रयोग गर्नेको संख्य बढी रहेकाले उनीहरुमा एड्स तथा यौन रोगको जोखिम अधिक रहेको कार्यक्रममा जानकारी दिइयो । संस्थाले सुरक्षित सुईको प्रयोगमार्फत एड्सजस्ता रोग नियन्त्रणमा प्रयास गर्दै अइरहेको छ ।
तनहुँसहित चार जिल्लामा सञ्चालित कार्यक्रममा एचआईभी र एड्स  लगायत रगतबाट जोखिम फैलिएका गतिविधि न्युनीकरण गर्न प्रयास भैरहेको जानकारी दिइयो ।
अहिले सुईमार्फत लागूऔषध प्रयोगकर्ताको संख्या निकै विकराल रहेको भन्दै यसको न्यूनीकरणमा सरोकारवाला लाग्नुपर्नेमा सरोकारवालाले जोड दिए ।
कार्यक्रममा सरोकारवालाको भूमिका, हालको लागुऔषधको अवस्था, तनहुँमा लागुऔषध  प्रयोगकर्ताको अवस्था, जोखिमका क्षेत्रहरू, जोखिम न्यूुनीकरणका आधारहरु लगायतका विषयमा सहजीकरण गरिएको थियो ।
कार्यक्रममा विभिन्न विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधि तथा सरोकारवाला संघसंस्थाका प्रतिनिधि, प्रहरी प्रशासन, पत्रकार लगायतले बोलेका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले लागुऔषषध प्रयोगकर्ता किशोरकिशोरी धेरै भएको भन्दै अभिभावक शिक्षा तथा सचेत नागरिकले चासो दिनुपर्ने बताए ।
लागुऔषध प्रयोगकर्ताको न्यूनीकरणमा सरोकारवाला लाग्नुपर्नेमा उनले जोड दिए ।