भट्टराई कांग्रेसका मुख्यमन्त्री उम्मेदवार

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई मुख्यमन्त्रीका दावेदारका रुपमा पार्टीले प्रस्तुत गर्ने भएको छ । औपचारिक रुपमा घोषणा नगरे पनि पार्टीले प्रादेसिक भूमिका हेर्ने गरी प्रदेस सभा सदस्य उम्मेदवार बनाएको जानकारहरु बताउँछन् ।
नेपाल विद्यार्थी संघका अध्यक्ष तथा तरुण दलका महासचिव रहिसकेका केन्द्रीय सदस्य भट्टराई हाल कांग्रेसका तर्फबाट प्रदेस नम्बर चारमा उम्मेदवार भएकामध्ये वरियतामा अगाडि छन् । यसअघि प्रतिनिधि सभा सदस्यका लागि मात्र उम्मेदवार बन्ने भनेर प्रदेसको चुनाव नलड्ने तयारी गरे पनि भट्टराईलाई पार्टीका नेताहरुले पार्टीका  तर्फबाट मुख्यमन्त्रीकै दाबेदारका रुपमा अघि सारेको ठानिएको छ । पार्टीका तर्फबाट सरकार नबन्ने अवस्था आए पनि भट्टराई पार्टीको प्रदेस संसदमा नेताका रुपमा अघि बढ्ने सम्भावना छ । तनहुँमा प्रदेस तहमा सबैभन्दा बढी सुरक्षित ठानिएका भट्टराईलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको एक कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत घोषणा गरेका थिए । यसले पनि भट्टराईलाई शीर्ष भूमिकामा प्रादेसिक संसदका लागि पठाइएको चर्चा चल्ने गरेको छ ।
विकासका एजेण्डा लिएर मतदातामाझ गैरहेका भट्टराईले क्षेत्र नम्बर १ मा खानेपानी योजन पार्नका लागि खेलेको भूमिका प्रमुख सहयोगी बनेको छ । पानी नपुगेका बस्तीका मतदाताले पनि आफूहरुलाई समेत पानी दिलाइदिन भट्टराईसँग आग्रह गरेका छन् । विगतमा पार्टीबाहेकका सार्वजनिक पद धारण नगरे पनि उनको हालको सक्रियताले भावी दिनमा पनि उनीबाट सहयोग हुनेमा मतदाता आशावादी बनेका छन् ।
चुनाव जितेका खण्डमा कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य प्रदीप पौडेल तथा संसदीय दलका सचिव ध्रुव वाग्लेसमेत प्रदेस तहमा प्रभावकारी भूमिकामा देखा पर्ने आंकलन गरिएको छ ।