आदिकविका विद्यार्थीलाई जीवनको मूल्यबारे प्रशिक्षण

दमौली । ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौली शाखाको आयोजनामा आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीहरुलाई जीवनका मूल्यबारे प्रशिक्षण सम्पन्न भएको छ ।
राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु खड्काले जीवनलाई सार्थक बनाउन र चुनौतिहरुलाई समाना गर्नका लागि आध्यात्मिक चिन्तन, योग ध्यानको माध्यम बाट जगाउनु पर्ने बताए ।
प्रशिक्षणमा कक्षा ११ का ५८ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रशिक्षण उद्घाटनमा सहायक क्याम्पस प्रमुख महेश हड्खलेले पनि मन्तवय व्यक्त गरेका थिए ।