भानुमा प्रचार कार्यालय

दमौली । नेपाली कांग्रेस क्षेत्र नम्बर १ चुनाव प्रचार प्रसार समितिले भानु नगरपालिकाका विभिन्न वडामा चुनावी प्रचार कार्यालय स्थापना गरेको छ । भानुको वडा नम्बर ४ र ५ को चुनावी प्रचार कार्यालयको सेपाबगैंचामा प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गरे ।
पौडेलले बाम एकताले नेपालमा अन्तराष्ट्रिय सन्तुलन खतरामा परेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र नम्बर १ को प्रदेस १ का प्रत्यक्ष तर्पmका उम्मेदवार गोविन्द भट्टराईले विकासप्रेमी नेतालाई भोट दिन आग्रह गरे ।
३० युवा कांग्रेस प्रवेश
ऋषिङ्ग गाउँपालिका वडा नं ५को शिसेभन्ञ्याङ्गमा विभिन्न पार्टी परित्याग गरी ३० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका तर्फबाट तनहुँ क्षेत्र २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार शंकर भण्डारी र प्रदेश नं २ का उम्मेदवार ध्रुव वाग्लेले संयुक्त रुपमा युवाहरुलाई नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् । कार्यक्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार भण्डारीले जनताको सुख दुःखमा साथ दिने बताए । यस्तै प्रदेश सभा सदस्य उम्मेदवार वाग्लेले ऋषिङ क्षेत्रमा मोटरबाटो र खानेपानी पु¥याउने काम कांग्रेसले गरेको बताए ।
“विकासको मुहान फुटाउन कांग्रेसलाई भोट”
नेपाली कांग्रेसका युवा नेता तथा तनहुँ क्षेत्र नं २ को प्रदेश सभा १ का उम्मेदवार प्रदीप पौडेलले संविधानको स्थायित्व र देशको विकासका लागि नेपाली कांग्रेस जित्नुपर्ने बताइन् । चुनावी प्रचार तथा घरदैलो अभियानका क्रममा म्याग्दे गाउँपालिका ७ रानिश्वाँरामा आयोजित कोण सभालाई सम्बोधन गर्दै युवा नेता पौडेलले विकासको मुहान फुटाउनकै लागि भए पनि नेपाली कांग्रेसलाई स्थानीयले जिताउनेमा आफु विश्वस्त रहेको बताए । म्याग्दे गाउँपालिकाको खवासे,बरभन्ञ्याङ्ग, घोक्रे, बरिबोट,सर्वालाङ्ग लगायतका क्षेत्रमा घरदैलो तथा कोणसभामा युवा नेता पौडेल सहभागी थिए ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि बालकृष्ण घिमिरे, पूर्व क्षेत्रीय सभापति महेश्वर भट्टराई, जिल्ला सदस्य माया राना, जिल्ला सदस्य यमबहादुर खाँड, पूर्व जिल्ला सदस्य कृष्णहरि वाग्ले, क्षेत्रीय कोषध्यक्ष तारा अधिकारी, विद्याथी नेता सुन्दरमण् िअधिकारी, गौरवराज रानालगायतले कार्यक्रममा बोलेका थिए ।