दाउरा प्रहारबाट मृत्यु

दमौली । दुई पुरुषबीचको विवादका क्रममा भएको कुटपिटमा परी व्यास १२ कर्लुङका एक पुरुषको ज्यान गएको छ । बुधबार साँझतिर दुईबीच विवादका क्रममा स्थानीय सम्शेरबहादुर कार्कीले दाउरा प्रहार गर्दा म्याग्दे १ मानुङ घर भै हाल कर्लुङस्थित ससुराली बस्दै आएका वीरबहादुर नेपालीको उपचारका क्रममा दमौली अस्पतालमा ल्याउने क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।  
दाउराले टाउको तथा संवेदनशिल अंगमा समेत प्रहार गर्दा गम्भीर घाइते नेपालीलाई आफन्तले उपचारका लागि ल्याउँदै गर्दा निधन भएको मल्लले बताए ।
घटनामा संलग्नहरु कार्कीलई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । कार्कीविरुद्ध अनुसन्धानका लागि प्रहरीले तनहुँ जिल्ला अदालतबाट म्याद लिएको छ ।